सुर्खेतको लेकबेँसीबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेकबेँसी नगरपालिकाबाट भरुवा बन्दुक सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा लेकबेँसी नगरपालिका–९ सिम दमारका ३८ वर्षीय धन बहादुर रावत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार, रावतलाई प्रहरी टोलीले बुधबार बिहान ११ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लेकबेँसीबाट खटिएको प्रहरी टोलीले लेकबेँसी–९ सिम दमार क्षेत्रको बाटोमा हिँडिरहेको अवस्थामा रावतको साथबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो । प्रहरीले उनलाई बन्दुकसहित तत्काल नियन्त्रणमा लिएको हो ।
अवैध हतियारसहित पक्राउ परेका रावतलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण