शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनमा सहभागी हुन गगन–विश्वको आह्वान

विशेष महाधिवेशन 'बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो'
बुधबार, २३ पुस २०८२, १८ : ५२
बुधबार, २३ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् ।

बुधबार संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् । 

महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको उनीहरूकाे भनाइ छ ।

पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको महामन्त्रीद्वयले बताएका छन् । 

'पुस २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार,संयुक्त वक्तव्यमा भनिएकाे छ,विधान बमोजिम वाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको समेत विपरित हो । विधान र कानून बमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो । एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो। हामीले त्यो जिम्मेवारी पुरा गर्नुपर्छ, गर्नेछौं ।

विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते काठमाडाैँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आव्ह्वान गरिएकाे छ । 

विशेष महाधिवेशन 'बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो,'वक्तव्यमा भनिएकाे छ ।

जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न कटिबद्ध एवं प्रतिबद्ध रहेकाे समेत उनीहरूले बताएका छन् । 

1213

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप