राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन दलबाट कसको उम्मेदवारी ?
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट बुधबार चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका छन् ।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्याशीहरूले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा (अन्य समूह) तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैशीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिए ।
यस्तै, रिक्त हुन लागेको एक महिला कोटाका लागि नेकपा (एमाले) की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रूपमा र नेपाली कम्युनिस्ट पार्टीले एकल रूपमा उम्मेदवारीको मनोनयन दर्ता गराएको हो ।
यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला एक पुरुष) को पदावधि सकिन लागेको छ ।
यही पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । यो निर्वाचनका लागि ५२ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् ।
यस्तै, प्रदेशका सबै ८८ पालिका तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी १७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण