धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग, प्रलोपा आबद्ध हुने तयारी
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका नेता धिरेन्द्र शर्माले पार्टी परित्याग गरेका छन्।
- शर्माले फेसबुकमार्फत ३० वर्षको संगठनात्मक आबद्धता अन्त्य भएको घोषणा गरे।
- उनी प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको अनुमान छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।”
उनको यस घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि माओवादी पार्टीमा सक्रिय रहँदै आएका शर्माको पार्टी परित्यागले इलामको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।
स्रोतका अनुसार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध हुने तयारीमा रहेका छन्। यद्यपि, यस विषयमा शर्माले औपचारिक घोषणा भने गरिसकेका छैनन्।
इलाममा संगठन निर्माण, जनआन्दोलन तथा संसदीय भूमिकामा सक्रिय रहँदै आएका शर्माको आगामी राजनीतिक यात्रालाई चासोका साथ हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण