पहिलो टी-२० मा पाकिस्तानको सहज जित, श्रीलंका ६ विकेटले पराजित
सारांश
- दाम्बुलामा भएको पहिलो टी-२० खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गर्यो।
- टस जितेर पहिले बलिङ गरेको पाकिस्तानले श्रीलंकालाई १२८ रनमा समेट्यो, र लक्ष्य १६.४ ओभरमा पूरा गर्यो।
- शृङ्खलामा पाकिस्तान १-० ले अगाडि रहेको छ, र अर्को खेल जनवरी ९ मा हुनेछ।
दाम्बुला । दाम्बुलामा बुधबार भएको पहिलो टी-२० खेलमा पाकिस्तानले घरेलु टोली श्रीलंकामाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको पाकिस्तानले श्रीलंकालाई निर्धारित २० ओभर सकिन ४ बल बाँकी छँदै १२८ रनमा अलआउट गर्यो। पाकिस्तानले उक्त लक्ष्य मात्र १६.४ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो। यो जितसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ।
श्रीलंकाको ब्याटिङ सुरुवातदेखि नै धर्मराएको थियो। रंगिरी स्टेडियममा भएको खेलमा घरेलु टोलीले तेस्रो ओभरमै ओपनर कमिल मिशारालाई शून्य रनमा गुमायो। ५० रनको स्कोर नपुग्दै श्रीलंकाका प्रमुख चार ब्याटर पभिलियन फर्किसकेका थिए, जसमा पाथुम निसान्काले १२, कुसल मेन्डिसले १४ र धनन्जय डि सिल्भाले १० रन मात्र बनाउन सके।
मध्यक्रममा जनिथ लियानागेले ४० रन बनाउँदै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरबाट उनलाई बलियो साथ मिलेन। चरिथ असलंका र वानिन्दु हसरंगाले समान १८–१८ रन बनाए। श्रीलंकाको तल्लो क्रम ध्वस्त पार्ने क्रममा पाकिस्तानले अन्तिम १ रन जोड्दा ३ विकेट लिएपछि घरेलु टोली सस्तैमा समेटियो।
पाकिस्तानका लागि बलिङमा सलमान मिर्जा र अबरार अहमदले घातक प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। सलमानले १८ रन र अबरारले २५ रन खर्चिएका थिए। त्यस्तै मोहम्मद वासिम जुनियर र शादाब खानले २–२ विकेट बाँडे। फहीम अशरफ र मोहम्मद नवाजले भने कुनै विकेट लिन सकेनन्।
सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले पावरप्लेमै आक्रामक सुरुवात गर्दै ५० रन पूरा गरेको थियो। ओपनर सइम अयुबले १८ बलमा २४ रन बनाएर आउट भएपछि कप्तान सलमान आगाले ११ बलमा १६ रन जोड्दै टोलीलाई १०० रनको नजिक पुर्याए।
अर्का ओपनर साहिबजादा फरहानले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउनु अघि नै आउट भए। फखर जमानले मात्र ५ रन जोड्दा पाकिस्तान १०६ रनमा ४ विकेटको अवस्थामा पुगेको थियो।
अन्त्यमा विकेटकिपर उस्मान खान र शादाब खानले साझेदारी गर्दै १७ औँ ओभरमा टोलीलाई जित दिलाए। श्रीलंकाका महीश तीक्षणा, दुष्मन्था चमिरा, वानिन्दु हसरंगा र धनन्जय डि सिल्भाले १–१ विकेट लिए।
आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको तयारीका रूपमा हेरिएको यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ। शृङ्खलाको दोस्रो खेल जनवरी ९ र तेस्रो खेल जनवरी ११ मा दाम्बुलामै हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण