बंगलादेशी फिल्म ‘हांगोर’ को मुख्य भूमिकामा नेपाली अभिनेता प्रमोद
सारांश
- अभिनेता प्रमोद अग्रहरी बंगाली फिल्म 'हांगोर' मा मुख्य भूमिकामा देखिने भएका छन्।
- ट्यानमोइ सोर्जोद्वारा निर्देशित फिल्म गाजी हिमोले निर्माण गरेका हुन्, जसमा प्रमोदको नाम कलाकार सूचीमा पहिलो छ।
- प्रमोदले 'हांगोर' मा सार्क पात्रको भूमिका निर्वाह गर्नेछन्, फिल्मको पहिलो झलक सार्वजनिक हुने तयारी छ।
काठमाडौँ । नेपाली फिल्ममा पोजेटिभ र नेगेटिभ दुवै भूमिकामा राम्रो जम्दै आएका अभिनेता प्रमोद अग्रहरी अब बङ्गाली फिल्ममा पनि देखिने भएका छन् । बङ्गाली फिल्म ‘हांगोर’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् ।
निर्देशक ट्यानमोइ सोर्जोद्वारा निर्देशित फिल्म ‘हांगोर’ गाजी हिमोले निर्माण गरेका हुन् । फिल्मको एक पोस्टर समेत सार्वजनिक गरिएको छ । जसमा प्रमोदको नाम कलाकार लिस्टमा पहिला छ ।
बङ्गाली भाषामा ‘हांगोर’ को अर्थ सार्क हो र सार्क पात्रमा नै आफू देखिने अभिनेता प्रमोदले रातोपाटीलाई बताए । फिल्मको फस्ट लुक्सको रूपमा निर्माण टिमले एक भिडियो सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए ।
हुन त केही अगाडि प्रमोदले बङ्गाली फिल्म अभिनय गरेको चर्चा चलेको थियो । यस विषयमा प्रमोद मौन रहँदै आएका थिए । थुप्रै नेपाली फिल्ममा अभिनय गरेर दर्शक माझ स्थापित प्रमोद पछिल्लो समय रिलिज रावायण, अगस्त्य, पीताम्बर जस्ता फिल्ममा डरलाग्दो खलनायकको रूपमा प्रस्तुत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेट खानै हुन्न लिची
-
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण