काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
बिहीबार, २४ पुस २०८२, १३ : ०६
सारांश
- काठमाडौं र धनुषामा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको जंगलमा १८ वर्षीय अमर मणि चौधरीको शव फेला परेको छ, प्रहरीले अनुसन्धान सुरु गरेको छ।
- धनुषामा ९१ वर्षीय वृद्ध मृत फेला परेका छन्, उनको पहिचान खुलेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ र धनुषामा छुट्टाछुट्टै स्थानमा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको दक्षिणकाली नगरपालिका–७ स्थित जङ्गलको बिचमा रहेको झोलुङ्गे पुलमुनि १८ वर्षीय अमर मणि चौधरीको शव बुधबार फेला परेको छ। रूपन्देही मायादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने चौधरीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–९ केसरकुटीस्थित बलुवाखोला नजिक अर्का एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ९१ वर्षीय देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
दुवै घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण