‘साइबर अपराधका राजा’लाई कम्बोडियाद्वारा चीन सुपर्दगी
बेइजिङ । कम्बोडियाले ‘साइबार अपराधका राजा’ भनेर चिनिएका एक चिनियाँ अर्बपति व्यापारीलाई चीन सुपुर्दगी गरेको छ ।
चेन झिमाथि बृहत् क्रिप्टोकरेन्सी घोटालाको मुख्य योजनाकार भएको आरोप लगाइएको छ । यस घोटालामा विश्वभरबाट मानव तस्करी गरेर श्रम शिविरमा जबरजस्ती काम गराइएको थियो । महिनौँसम्मको बहुराष्ट्रिय छानबिनपछि जनवरी ६ मा ३७ वर्षीय चेनसमेत तीन चिनियाँ नागरिकलाई समातिएको थियो ।
कम्बोडियाबाट इन्टरनेट घोटाला चलाएर अर्बाैँ मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरेको आरोप अमेरिकाले गत अक्टोबरमा उनलाई लगाएको थियो । यसपछि बेलायतले चेनको विश्वव्यापी व्यापार साम्राज्य ‘प्रिन्स ग्रुप’माथि प्रतिबन्ध लगाएको थियो । कम्बोडियाली अधिकारीहरूले प्रिन्स ग्रुपको सहायक कम्पनी प्रिन्स बैंकको सञ्चालन निलम्बन गरे ।
बैंकलाई लिक्विडेशनमा राख्दै नयाँ बैंकिङ सेवाहरू प्रदान गर्न प्रतिबन्ध लगायो, तर यस बैंकका ग्राहकहरूलाई पैसा निकाल्न र ऋण भुक्तानी गर्न दिइएको कम्बोडियाको केन्द्रीय बैंकले बिहीबार भनेको छ । चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले चेनको सुपुर्दगीको पुष्टि गरेको छ । सीसीटीभीले चेनलाई ‘सीमा आरपार जुवा र ठगी सिन्डिकेटको प्रमुख... क्यासिनो सञ्चालन, ठगी, अवैध व्यापार सञ्चालन र आपराधिक आम्दानी लुकाउनेसहित धेरै अपराधको संदिग्ध’ भनेको छ ।
कानुनअनुसार सीमाथि कारबाही गरिएको पनि भनिएको छ । सार्वजनिक सुरक्षा निकायहरूले चाँडै नै चेनको आपराधिक सिन्डिकेटका प्रमुख सदस्यहरूको पहिलो ब्याचको नाममा पक्राउ पुर्जी जारी गर्ने बताइएको छ । गएको वर्ष अमेरिकी अधिकारीहरूले १५ अर्ब अमेरिकी डलर मूल्य बराबरको बिटक्वाइन जफत गरेका थिए । यो क्रिप्टोकरेन्सी चेनको भएको आरोप लगाइएको थियो । यसलाई एफबीआईका निर्देशक काश पटेलले ‘इतिहासको सबैभन्दा ठुलो वित्तीय ठगी हटाउने कार्यहरू मध्ये एक’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण