ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा ऐतिहासिक गिरावट आएको ट्रम्पको दाबी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले ट्यारिफ नीतिका कारण व्यापार घाटा घटेको दाबी गरे।
- अमेरिकी वाणिज्य विभागका अनुसार अक्टोबरमा व्यापार घाटा २९.४ अर्ब डलरमा झरेको छ।
- अर्थशास्त्रीहरूले भने यो तथ्याङ्कलाई लिएर फरक मत राखेका छन्, अस्थायी कारणले घाटा घटेको हुनसक्छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दाबी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिएका हुन्। उनले ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको उल्लेख गर्दै अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा राख्ने विश्वास व्यक्त गरेका छन्।
अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर महिनामा वस्तु तथा सेवाको व्यापार घाटा उल्लेख्य रूपमा घटेर २९.४ अर्ब डलरमा खुम्चिएको छ। अघिल्लो महिना यस्तो घाटा ४८.१ अर्ब डलर रहेको थियो। विभागका अनुसार ट्रम्प प्रशासनको ट्यारिफ नीतिले विश्वव्यापी व्यापारको स्वरूप नै बदलिदिएको छ।
अक्टोबर महिनामा भएको यो सुधार सन् २००९ को जुन महिनापछिकै सबैभन्दा कम मासिक व्यापार घाटा भएको बीबीसीको समाचारमा उल्लेख छ। यस अवधिमा अमेरिकाको आयात ३.२ प्रतिशतले घटेर ३३१.४ अर्ब डलर पुगेको छ भने निर्यात २.६ प्रतिशतले बढेर ३०२ अर्ब डलर पुगेको छ।
व्यापार घाटा कम गर्नु राष्ट्रपति ट्रम्पको प्रमुख आर्थिक लक्ष्य रहँदै आएको छ। यद्यपि, अर्थशास्त्रीहरूले भने यो तथ्याङ्कलाई लिएर फरक मत समेत राखेका छन्। उनीहरूका अनुसार सुन र औषधि जस्ता केही विशेष उत्पादनहरूको कारोबारमा आएको अस्थायी उतारचढावका कारण मात्र व्यापार घाटामा यति ठूलो गिरावट देखिएको हुन सक्छ। यस वर्षको सुरुवाती महिनाहरूमा आयात बढी भएकाले जनवरीदेखि अक्टोबरसम्मको समग्र व्यापार घाटा अझै पनि गत वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले बढी नै रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण