विवेकशील नेपालीका पूर्व अध्यक्ष मिलन पाण्डेले काठमाडौँ–९ बाट उम्मेदवारी दिने
शनिबार, २६ पुस २०८२, १० : ४४
सारांश
- मिलन पाण्डेले काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
- उनी यसअघि २०७४ र २०७९ मा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए।
- पाण्डे शिक्षा, उद्यम, युवा सशक्तीकरण र वैकल्पिक राजनीतिमा सक्रिय छन्।
काठमाडौँ । विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वको परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने भएका छन्।
यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे उज्ज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन्।
शिक्षा, उद्यम, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने मुद्दामा निरन्तर काम गर्दै आइरहेका छन्।
क्षेत्र न.९ मै जन्मेका र हुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रमा सक्रिय छन्। पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनी निकट एक नेताले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण