स्थापित दललाई घरबाट निस्कनै दिँदैनौँ भन्ने माकाफुइँलाई विफल बनायौँ : ओली
सारांश
- केपी शर्मा ओलीले निर्वाचनमा दलहरूलाई भाग लिन नदिने षड्यन्त्र विफल पारेको बताए।
- ओलीले जेनजी आन्दोलनपछि आफूमाथि लागेको आरोपको डटेर सामना गरेको उल्लेख गरे।
- उनले पार्टी एक भएर निर्वाचनमा जानुपर्ने र जिम्मेवारी बाँडफाँटमा विभेद नहुने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिनै नदिने र घरबाट बाहिर निस्कनै नदिने दाबी गर्ने माकाफुइँलाई विफल बनाइएको जिकिर गरेका छन् । दोस्रो केन्द्रीय कमिटी बैठकमा देशको अवस्थाबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनपछि बदनियतपूर्ण तवरले आफूमाथि लगाइएको आरोपको डटेर सामना गरेको पनि उल्लेख गरे । एमालेलाई कमजोर बनाउन आगामी दिनमा हुन सक्ने यस्ता खालका आक्रमणको डटेर सामना गर्नुपर्ने उनको भनाइ थियो ।
राजनीतिक ध्रुविकरणबढेको र एकतिर नयाँ दल, अर्कातिर पुराना दल भएको चर्चामा पनि सत्यता नरहेको उनको भनाइ थियो । 'जेनजी आन्दोलनका विध्वंसका पक्षधर एकठाउँमा उभिएका हुन्, यसको विरोध गर्नेहरु अर्को ठाउँमा उभिने अवस्था आउन सक्छ', ओलीले भने ।
फरक प्रसंगमा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी वाँडफाटमा कुनै विभेद नगरिने उल्लेख गरे । सिंगो पार्टी एक भएर निर्वाचनमा जानुपर्नेमा ओलीले जोड दिए ।
तीन दिनका लागि भनेर बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठक आज एकै दिनमा सक्ने तयारी छ । बैठकमा महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र दिने, पार्टीको नियमावली प्रस्तुत गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण