न्यु डायमन्डलाई दोस्रोपटक शेरबहादुर खड्का स्मृति कप
सारांश
- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्यो।
- फाइनलमा न्यु डायमन्डले नेपाल प्रहरीलाई ३-१ सेटमा पराजित गर्दै दोस्रो पटक उपाधि जित्यो।
- प्रतियोगितामा प्रगति नाथ 'प्लेयर अफ द म्याच' र प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भए।
काठमाडौँ । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको रोमाञ्चक फाइनल भिडन्तमा डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमन्डले दोस्रोपटक उपाधि चुमेको हो।
एक साताअघि मात्रै एनभीए भलिबलको उपाधि जितेको न्यु डायमन्डको यो लगातार दोस्रो ठुलो सफलता हो। शनिबारको फाइनलमा न्यु डायमन्डले प्रहरीलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पाखा लगायो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्डकी प्रगति नाथ 'प्लेयर अफ द म्याच' घोषित भइन्। यसअघि न्यु डायमन्ड सातौँ संस्करणमा पहिलोपटक च्याम्पियन बनेको थियो।
प्रतियोगितामा न्यु डायमन्डकी स्टार खेलाडी प्रतिभा माली सर्वोत्कृष्ट घोषित भइन्। उनले ५० हजार नगद र ट्रफी प्राप्त गरिन्। यस्तै, अन्य विधागत उत्कृष्टतर्फ न्यु डायमन्डकै सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, प्रगति नाथ उत्कृष्ट सेटर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए। नेपाल प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र पुनम चन्द उत्कृष्ट सर्भर बन्दा एपीएफकी मिना सुनार उत्कृष्ट स्पाइकर ठहरिइन्। विधागत उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए।
उपाधिसँगै न्यु डायमन्डले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको नेपाल प्रहरीले २ लाख ५० हजारमा चित्त बुझायो। नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको एपीएफले १ लाख २५ हजार रुपैयाँ हात पारेको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना तथा केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालित यो चार दिने प्रतियोगितामा नेपालका चार शीर्ष टोलीहरूबिच प्रतिस्पर्धा भएको थियो।
विजेता टोली तथा खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामा, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र प्रायोजक संस्थाका प्रतिनिधिहरूले पुरस्कृत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण