मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियानबिच चुनावी चिह्नमा सहमति

शनिबार, २६ पुस २०८२, १९ : २५
शनिबार, २६ पुस २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियान नेपालबिच चुनावी चिह्न प्रयोग तथा कार्यगत सहकार्यसम्बन्धी दुईपक्षीय सहमति भएको छ ।

सहमति अनुसार राष्ट्रिय एकता दलले आफ्नो आधिकारिक चुनाव चिह्न ‘गोलाकार भित्रको तुलसी मठ’ प्रयोग गरी दलका रूपमा निर्वाचनमा भाग लिनेछ भने मानव महाशक्ति अभियान नेपालले आफ्नो समर्थनमा स्वतन्त्र उम्मेदवार उठाउँदा सोही चिह्न प्रयोग गर्ने सहमति गरिएको छ । उक्त व्यवस्था २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लागु हुनेछ । 

सहमति पत्रमा उल्लेख भएअनुसार दर्शन, विचार र सिद्धान्तका विषयमा दुवै पक्षको आ–आफ्नै स्वतन्त्र पहिचान कायम रहनेछ । तर निर्वाचन प्रक्रियामा आपसी समझदारीका आधारमा तालमेल गर्दै अघि बढ्ने जनाइएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दुवै पक्षले समानुपातिक मत माग्ने र आपसी समन्वयमा समानुपातिक उम्मेदवार पठाउने निर्णय गरेका छन् । 

यो सहमति राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले गरिएको कार्यगत एकता र सहकार्य भएको दुवै पक्षले बताएका छन् । आगामी दिनमा राष्ट्रहित, सामाजिक सद्भाव र राष्ट्रिय पहिचानका सवालमा संयुक्त पहल गरिने जनाइएको छ । 

उक्त सहमति पत्रमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव र मानव महाशक्ति अभियान नेपालका संस्थापक संरक्षक तथा केन्द्रीय अध्यक्ष विनोद कुमार गुरुङले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप