ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
शनिबार, २६ पुस २०८२, २२ : २७
सारांश
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ट्राफिक प्रहरी कार्यालयबीच सम्झौता भएको छ।
- अस्पताल निर्देशक डा. बसौलाले आजैदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिइन्।
- इन्फ्लुएन्जाबाट बच्न सबैलाई सचेत रहन उनले आग्रह गरिन्।
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अस्पतालका निर्देशक डा युवानिधि बसौलाबिच सहमति पत्रमा शनिबार हस्ताक्षर भएको छ । अस्पतालका निर्देशक डा बसौलाले सहमतिअनुसार शनिबारदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिए । उनका अनुसार आज १५ जनालाई इन्फ्लुएन्जा (श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण) विरुद्धको खोप लगाइएको छ ।
जाडो बढेसँगै इन्फ्लुएन्जाबाट सुरक्षित रहनका लागि खोप लगाइएको उनले बताउनुभयो । जाडो महिनामा धेरै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई हुनसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण