युवा नेताहरूलाई मन्त्री पुनको व्यङ्ग्य : तिमीहरूको यस्तै पारा हो भने म अगाडि बढ्छु
सारांश
- शिक्षामन्त्री महावीर पुनले अहिलेको समय जुटेर अघि बढ्नुपर्ने बताए।
- उनले युवा नेताहरूमा देखिएको पदीय झगडाप्रति व्यङ्ग्य गरे, जसलाई उनले पुरानै नेताहरूको जस्तै पारा भने।
- मन्त्री पुनले युवा नेताहरूलाई मिलेर अघि बढ्न र खुट्टा तान्ने काम नगर्न आग्रह गरे।
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले अहिलेको समय भनेको फुटेर नभई जुटेर अघि बढ्नुपर्ने समय भएको बताएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन् ।
पछिल्लो समय युवा नेताहरूमा देखिएको पदीय झगडाप्रति व्यङ्ग्य गर्दै मन्त्री पुनले यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भएको बताएका छन् । प्रधानमन्त्री पदका लागि युवा नेताहरू बिचमै खुट्टा तानातान हुनु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हाने सरह हुने उनको भनाइ छ ।
मन्त्री पुनले भनेका छन्- ‘ढङ्ग पटक्कै आएन हाउ । प्रधानमन्त्री पदका लागि युवा नेता भाइहरू किन तानातान गरिरहेका छौ हाउ लाखे ? यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भयो नि । आफ्नो खुट्टामा आफैँ बन्चरो नहानुम् त । यो भनेको फुटेर होइन, जुटेर नगई नहुने समय हो ।’
मन्त्री पुनले व्यङ्ग्यात्मक शैलीमा युवाहरू नमिले आफू अगाडि बढ्ने समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण