एफए कपमा म्यानचेस्टर सिटीको शानदार जित
शनिबार, २६ पुस २०८२, २३ : ०९
काठमाडौँ । म्यानचेस्टर सिटीले एफए कपको खेलमा आक्रामक प्रदर्शन गर्दै एक्सेटर सिटीलाई १०–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको सिटीले पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्दै ४–० को सहज अग्रता बनाएको थियो ।
खेलको १२औँ मिनेटमा म्याक्स एलेनले गोल गर्दै सुरुवात गरे । त्यसपछि रोड्रीले अर्को गोल थपे । पहिलो हाफको अन्त्यतिर एक्सेटर सिटीबाट दुई आत्मघाती गोल भएपछि सिटी बलियो स्थितिमा पुग्यो ।
दोस्रो हाफमा पनि म्यानचेस्टर सिटीको दबाब कम भएन । रिको लुइसले दुई गोल गर्नुका साथै एक असिस्ट दिँदै उत्कृष्ट प्रदर्शन गरे । एन्टोइन सेमेन्यो, तिजानी रेज्न्डर्स, निको ओराइली र रायन म्याकएडूले पनि गोल गर्दै स्कोरलाइन ठुलो बनाए ।
एक्सेटर सिटीले खेलको अन्तिम मिनेटमा जर्ज बिर्चमार्फत एक सान्त्वना गोल फर्कायो । यद्यपि, यो हारसँगै एक्सेटरको एफए कप यात्रा समाप्त भयो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण