सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनको हलको निर्णय देउवाले मान्नै पर्छ : देवराज चालिसे

आइतबार, २७ पुस २०८२, १६ : ०२
आइतबार, २७ पुस २०८२

सारांश

  • देवराज चालिसेले विशेष महाधिवेशनको निर्णय सभापति देउवाले मान्नै पर्ने बताए।
  • उनले विशेष महाधिवेशनको निर्णय नमान्ने व्यक्ति अवैधानिक हुने बताए।
  • चालिसेले कांग्रेसभित्र रूपान्तरण खोजिरहेको र यो देशको राजनीतिसँग जोडिएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले विशेष महाधिवेशनको हलले गरेको निर्णय सभापति शेरबहादुर देउवाले मान्नै पर्ने बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उदघाटन सत्रमा बोल्दै नेता चालिसेले विधान अनुसार आह्वान भएको विशेष महाधिवेशनले गरेको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई नभएको बताए ।

‘विशेष महाधिवेशनको बन्द सत्रको हलभित्र जम्मा भइसकेपछि महाधिवेशन प्रतिनिधिले लिने निर्णय सभापति देउवाले मान्नुपर्छ,’ चालिसेले भने, ‘विधान अनुसार भएको निर्णय मान्नै पर्छ । विशेष महाधिवेशनले गरेको निर्णय अवैधानिक हुन्छ भन्ने व्यक्ति अवैधानिक हुन्छ ।’ 

उनले बाहिर कांग्रेसमा झगडा भएको देखिएँ पनि पार्टीभित्र रूपान्तरण गर्न खोजिरहेको बताए । कांग्रेसको विशेष अधिवेशन कांग्रेससँग होइन, देशको राजनीतिसँग, जेनजी आन्दोलनसँग जोडिएको चालिसेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप