कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबिच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि गत साउन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई रु पाँच लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जानकारी दिए।
प्रदेश सरकारले निर्माण गरेका कालोपत्र सडकको नियमित मर्मत सम्भारका लागि मर्मत समूहमार्फत सडक मर्मत कार्य गरिनेछ । प्रत्येक वर्ष प्रदेश सरकारले करिब दुई सय किलोमिटर कालोपत्र सडक निर्माण गर्दै आएको छ । यसरी नियमित मर्मत तथा सम्भार गर्दा सडकको आयु लामो हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।
बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण