कांग्रेस विशेष महाधिवेशन
कांग्रेस विशेष महाधिवेशनमा कति प्रतिनिधि सहभागी भए ?
आइतबार, २७ पुस २०८२, २१ : १३
काठमाडाैँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् ।
आइतबार राति ९ बजेसम्म उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले आफ्नाे नाम दर्ता गराएका हुन् । आज उद्घटनसत्र सकिएकाे छ भने बन्दसत्र भोलि (सोमबार) बिहान १० बजेबाट सुरु हुने छ । नेता युवराज पाण्डेयका अनुसार ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी भएका हुन् ।
उपत्यकाबाट १७८ जना सहभागी भएका छन् भने भ्रातृ, सुभेच्छुक र जनसम्पर्कबाट १ सय ९५ जना सहभागी भएका छन् ।
कुन प्रदेशबाट कति ?
कोशी– ४२५
मधेश– ४४६
बागमती–४३२
गण्डकी– २९६
लुम्बिनी– ३९८
कर्णाली– १३४
सुदूरपश्चिम– १५८
देशभर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये २ हजार ६ सय ६२ जना सहभागी भएका हुन् । प्रतिनिधिहरू अध्यावधिक हुने क्रम जारी रहेको एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण