योगेश भट्टराईले गगन–विश्वलाई भने, 'सलाम मित्रहरू'
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धेरै काम गरेको बताएका छन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आयोजना गरेपछि भट्टराईकाे यस्ताे भनाइ आएकाे हाे । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले भने,'हामीले बोल्यौँ,केही गर्यौँ । तपाईँहरूले बोल्नुभयो ,हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू' ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ ।
यसअघि एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहले केपी शर्मा ओली समूहसँग प्रतिस्पर्धा गरेको थियो । अध्यक्षमा ओलीसँग पाेखरेल पराजित हुँदा उपमहासचिवमा पाेखरेल समूहबाट योगेश भट्टराई,गोकर्ण विष्ट लगायतले जीत निकालेका थिए ।
भट्टराईको यो भनाइलाई एमालेभित्र संस्थापन पक्षभन्दा बाहिरबाट नेतृत्वको आलोचना र खबरदारी गर्ने सन्दर्भमा बुझिन्छ । उनले एमालेमा आफूहरूले संस्थापनविरुद्ध केही मात्र गर्न सकेको तर नेपाली कांग्रेसका नेताहरूले संस्थापनविरुद्ध धेरै काम गरेको अर्थ लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण