शुभकामना सबैलाई, हामी आउँदै छौँ– बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– 'शुभकामना सबैलाई ! हामी आउँदै छौँ !
मेयर शाहले आफ्नो पोस्टको सन्दर्भ स्पष्ट नपारे पनि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयाससँग जोडेर यसलाई हेरिएको छ । यस्तै, उनको लेखाइको सारअनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई पनि संकेत गरेको बुझ्न सकिन्छ ।
आजै नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष जोडबलमा महाधिवेशन गरेको छ । मेयर शाहको यो पोस्ट नेपाली कांग्रेसको उक्त विशेष महाधिवेशनलाई लक्षित हुन सक्ने अनुमान पनि गरिएको छ ।
उनको छोटो तर अर्थपूर्ण स्टाटसले आगामी दिनमा रास्वपा र नेपाली राजनीतिमा केही प्रभाव पार्न सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण