सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्ष स्थानमा
सारांश
- प्रतिवेदनले सन् २०२५ मा चीन रोबोट आपूर्तिको क्षेत्रमा अगाडि रहने देखाएको छ।
- एजीबोटले विश्व बजारको ३९ प्रतिशत हिस्सा ओगटेको छ, जुन पहिलो स्थानमा रहेको छ।
- चिनियाँ रोबोट उत्पादकहरूले उत्पादन क्षमता बढाउने योजना बनाएका छन्।
काठमाडौँ । एक उद्योगसम्बन्धी प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ ।
लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको छ । आपूर्ति संख्या र बजार हिस्साको आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा रहेको छ ।
यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्रमशः चार हजार दुई सय र एक हजार एकाइ आपूर्तिसहित दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । एजीबोट र युबिटेकका रोबोटहरू मुख्यतः व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका छन् भने युनिट्रीका रोबोटहरू अनुसन्धान, शिक्षा र उपभोक्ता बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।
गत वर्ष लेजु रोबोट, इन्जिनएआई र फोरियरजस्ता अन्य चिनियाँ उत्पादकहरूसँगै अमेरिकाका फिगर एआई, एजिलिटी रोबोटिक्स र टेस्लाले पनि एक सय ५० देखि ५ सय एकाइसम्म आपूर्ति गरेका थिए । विश्वभर वार्षिक रूपमा करिब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ ।
उत्पादन प्रतिस्पर्धात्मकताका आधारमा एजीबोट, फिगर एआई, टेस्ला, युबिटेक र युनिट्रीलाई अग्रपंक्तिका कम्पनीका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ ।
इन्जिनएआई र युबिटेकसहितका चिनियाँ रोबोट उत्पादकहरूले आगामी दिनमा उत्पादन क्षमता बढाउने योजना बनाइरहेका छन् ।
एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि महत्त्वपूर्ण मोड साबित हुने वर्ष हो, जहाँ सीमित क्षमताबाट उच्च कार्यसम्पादन र व्यवहारिक प्रयोगतर्फ उद्योग अग्रसर हुनेछ ।
उनका अनुसार प्रयोगमा ल्याइने रोबोटको संख्या बढ्दै जाँदा वास्तविक प्रयोगबाट प्राप्त तथ्याङ्कसमेत बढ्नेछ, जसले अझ प्रभावकारी प्रणाली विकास गर्न सहयोग पुर्याउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण