स्वास्थ्य शिविरमा दुई सय पाँच जनाको आँखा परीक्षण
सारांश
- नयाँ बसपार्कमा ट्राफिक प्रहरीले आयोजना गरेको शिविरमा २०५ जनाले आँखा परीक्षण गराए ।
- प्रहरी अधिकारीले चालकको स्वास्थ्य सुरक्षा दुर्घटना कम गर्न महत्त्वपूर्ण हुने बताए ।
- शिविरमा आँखा परीक्षण र आवश्यक परामर्श दिइयो, साथै सडक सुरक्षाबारे जानकारी गराइयो।
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले आइतबार आयोजना गरेको एक दिने आँखा स्वास्थ्य शिविरमा २०५ जनाले आँखा परीक्षण गराएका छन् ।
सवारी दुर्घटना न्यूनीकरण र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक सप्ताह–२०८२ अन्तर्गत उक्त शिविर आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । नेपाल प्रहरी अस्पताल महाराजगन्ज र ग्रिनसिटी अस्पताल सामाखुसीको सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरको उद्घाटन उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सवारीसाधनका चालकको दृष्टि क्षमता सवारी सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता स्वास्थ्य शिविरबाट दुर्घटना कम गर्न योगदान पुग्ने बताए । शिविरमा सहभागीलाई आँखा परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइएको थियो ।
यसै अवसरमा ट्राफिक प्रहरीले आइतबार नै सवारी चालक तथा यात्रुसँग ‘दुई मिनेट’ कार्यक्रमसमेत सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत सवारी चालक, परिचालक, यात्रु तथा पैदलयात्रीलाई छोटो समयमै सडक सुरक्षा, ट्राफिक नियम पालन, सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण