अपडेट
कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र १० बजेदेखि सुरु हुँदै
सोमबार, २८ पुस २०८२, ०५ : २२
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजे सुरु हुँदैछ।
- भृकुटीमण्डपमा आइतबारबाट सुरु भएको महाधिवेशन बन्दसत्र चरणमा प्रवेश गर्दैछ।
- महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज (सोमबार) बिहान १० बजेदेखि सुरु हुँदैछ ।
भृकुटीमण्डपमा हिजो (आइतबार) बाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले जानकारी दिए ।
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन् ।
नेता युवराज पाण्डेयका अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण