काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आइतबार उद्घाटन सत्र सकिएपछि सोमबारदेखि बन्दसत्रका कार्यक्रम अघि बढेका हुन् ।
_sTAc3tDvO4.jpg)
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको दर्ता समय तोकिएको छ । प्रतिनिधि दर्ता लगत्तै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र सुरु गर्ने तयारी छ ।
_wfwwtMXlZH.jpg)
बन्दसत्रको प्रारम्भमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गरिने छ । त्यसपछि सहभागीलाई नौ वटा समूहमा विभाजन गरेर चार वटा मुख्य विषयमाथि नीति मन्थन गराइने तालिका छ ।
_b7BdZMj4wk.jpg)
समूहगत छलफलमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि केन्द्रित रहेर बृहत् बहस हुनेछ । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल हुने पोखरेलले बताए । यदि छलफलबाट नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने छ । महाधिवेशनका कारण बिहानैदेखि भृकुटीमण्डप क्षेत्रमा विशेष माहौल देखिएको छ ।
_6SOIVzAe43.jpg)
_7BFZjPJY0Y.jpg)
_MbVbgT0rq6.jpg)
_zGtKsYXrPo.jpg)
_5YPzjAnB7D.jpg)
_tx7ZX9Sm18.jpg)
_kDq5NZnJ6e.jpg)
_pUASvBG3JC.jpg)
_obswZX2FSM.jpg)
_kZjuPbHfMv.jpg)
_5YMDKgNLeZ.jpg)
_BqMNEFAFR1.jpg)
_wbCfJ1A597.jpg)
_LYzq4stTTg.jpg)
_DcVUH5VK7E.jpg)
_pQqPQQLmh7.jpg)
_JJWUIbkuJL.jpg)
_II1trw2cFV.jpg)
_i6qnz7DuKq.jpg)
_zSbmqeYklp.jpg)
_IbouXuAbGb.jpg)
_0aH6875GWF.jpg)
(तस्बिर : नेपाल फोटो लाइब्रेरी)
प्रतिक्रिया