गगनलाई महेश बस्नेतको जवाफ : संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो ?
सारांश
- एमाले सचिव महेश बस्नेतले कांग्रेस महामन्त्री गगन थापालाई कटाक्ष गर्दै प्रश्न गरेका छन्।
- बस्नेतले संकटको घडीमा पार्टीको रक्षा गर्ने कुरा दासता हो कि होइन भनी प्रश्न उठाए।
- उनले 'लास' र 'दास' को आरोपबारे प्रश्न गर्दै कसले 'आस र सास' भरिदियो भनेर सोधेका छन्।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कांग्रेस महामन्त्री गगन थापालाई संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्ट्याटस लेख्दै बस्नेतले संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ? भनेर अर्को प्रश्न गरेका हुन् ।
उनले भदौ २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयता समेत भुलेका एउटा ‘लास’ जसलाई आफूहरूले ‘आस र सास’ भरिदिए पछि आज केही मास जम्मा गरेर लास होइन भने आस र सास कसले भर्दियो ? भनेर प्रश्न गरेका छन् ।
‘भाद्र २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयतासमेत भुलेका एउटा ‘लास’ जसलाई हामीले आस र सास भरिदिए पछि आज केही मास जम्मा गरेर भन्न थालेछन् । हामी लास र दास होइनौँ । इतिहासले अवश्य सोध्नेछ : लास होइन भने आस र सास कसले भर्दियो ?’, बस्नेतको प्रश्न छ ।
उनले थप भनेका छन्, ‘संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ?’ थापाले आइतबार कांग्रेस दास र लासको पार्टी नभएको र बाले नबोल भन्दा नबोल्ने कार्यकर्ता नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण