तस्बिरमा हेर्नुहोस् नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो ।
आइतवार उद्घाटन सत्र सम्पन्न भएपछि सोमवार बिहान १० बजेदेखि बन्दसत्र शुरु भएको छ । बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ । जसले पार्टीको नीति, विधान संशोधन र नेतृत्व चयनको बाटो खोलेको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ भने समूहगत बहसका लागि प्रतिनिधिहरूलाई विभाजन गरिने कार्यक्रम छ । पार्टी संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै विरोध गरेको छ भने आयोजक पक्षले विधानसम्मत रहेको तर्क गरेको छ । बन्दसत्रका निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण