कांग्रेस महाधिवेशनमा प्रस्ताव : अख्तियार प्रमुखको पब्लिक स्क्रुटिनी, एजेन्डाबारे डिजिटल अन्तरक्रिया
सारांश
- नेपाली कांग्रेसले अख्तियार प्रमुख लगायतका पदाधिकारी नियुक्तिमा पब्लिक स्क्रुटिनीको प्रस्ताव गरेको छ।
- महामन्त्री विश्वप्रकाश शर्माले अख्तियारको नियुक्ति स्वच्छ नहुँदा सुशासनमा समस्या भएको बताए।
- कांग्रेसले पदाधिकारीको रोस्टर बनाएर नागरिकसँग सुझाव माग्ने र डिजिटल प्लेटफर्मबाट अन्तरक्रिया गर्ने प्रस्ताव गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लगायत पदाधिकारीहरू नियुक्ति गर्दा पब्लिक स्क्रुटिनी गर्नुपर्ने र उनीहरूको एजेन्डामा डिजिटल प्लेटफर्मबाट नागरिक अन्तरक्रिया गर्नुपर्ने प्रस्ताव गरेको छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गरेका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्ति स्वच्छ, पारदर्शी हुन नसक्दा सुशासन स्थापनामा चुकेको स्वीकार गर्दै यसका लागि यस्तो व्यवस्था प्रस्ताव गरेका हुन् ।
यसअनुसार यस्ता आयोगका पदाधिकारीको लागि संवैधानिक परिषद्ले उपयुक्त व्यक्तिको नियमित रूपमा रोष्टर बनाउने र त्यसरी तयार भएको रोष्टरमा उल्लेखित नाम उपर आम नागरिकसँग उनीहरूको विगतको नैतिक इतिहासको बारेमा सुझाव माग गर्ने र पब्लिक स्क्रुटिनी गर्ने गरिनेछ ।
आयोगले त्यस्ता व्यक्ति उपर डिजिटल प्लेटफर्म मार्फत उनीहरूको एजेन्डा सहित नागरिकसँग अन्तरक्रिया गर्ने मौका दिने यस्ता प्रक्रिया पार गरेको व्यक्ति मात्र नामावली सिफारिस गर्ने गरी प्रणाली विकास गरिने समेत प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण