ललितपुरबाट दुई दिन अघि हराएका पुरुषको शव इनारमा फेला
सोमबार, २८ पुस २०८२, १३ : ३२
सारांश
- ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै इनारमा एक पुरुषको शव फेला परेको छ।
- शव इलामका ८३ वर्षीय गर्जमान थापाको हो, जो पुस २६ गतेदेखि हराइरहेका थिए।
- प्रहरीले हत्या आशंकामा ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा पुरुषको शव भेटिएको छ । इलाम घर भएर ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोल बस्दै आएका गर्जमान थापाको शव भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
८३ वर्षीय थापा पुस २६ मा देखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा बाफल भन्ने ठाउँमा इनारमा शव भेटिएको एसएसपी बोगटीले बताए । शव बोरामा पोको पारेर फालेको देखिएको छ । एसएसपी बोगटी भन्छन्, ‘हत्या गरेर इनारमा फालेको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
हत्यामा संलग्न आशङ्कामा प्रहरीले सोधपुछको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण