पाटन दरबारमा सलोन र सारको छमछमी
काठमाडौं – पछिल्लो समय निर्माता निर्देशकले चलचित्रको गीत संगीतलाई निकै ध्यान दिने गरेका छन् । गीत संगीतका कारणले केही चलचित्र सफल बनेपछि उनीहरुको ध्यान यसतर्फ जान थालेको हो ।
यस्तैमा पत्रकारबाट निर्देशक बनेका सुब्रत आचार्यले पनि आफ्नो पछिल्लो चलचित्र ‘सुश्री सम्पत्ति’को गीत आकर्षक बनाउन लागि परेका छन् । भाद्र २२ मा प्रदर्शनमा आउने यो चलचित्रको गीतमा उनले झन्डै ८० कोरस सहित कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेलाई नचाइरहेका छन् ।
‘हुकुम’ बोलको उक्त गीत अहिले पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भइरहेको छ । गीतमा कलाकार दरबारका भारदारसँग नाँचिरहेका छन् ।
गम्भीर बिस्टको नृत्य, सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर छ ।
सलोन, सारा र बिनोदको अलवा चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको समेत अभिनय चलचित्रमा देख्न सकिन्छ । यसका प्रियंका कार्की अतिथि भूमिकामा रहेकी छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।
विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको चलचित्र उपत्यकामा बिके फिल्मस्का गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
हुकुम बोलको गीतमा राणाकालिन पोशाक र दरबारमा भारदारहरुँंगको नाँच र रमाइलो उपयुक्त लागेर आफूले प्रस्तुत गरेको निर्देशक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण