राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान, अब बैठक सिंहदरबारमा
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।
- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन्।
- अधिवेशन सिंहदरबारमा बस्नेछ, यसअघि बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने गरेको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
उक्त दिन बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्नेछ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बस्न लागेको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तमा भनिएको छ, 'राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।'
आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण