अपडेट
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
मङ्गलबार, २९ पुस २०८२, ०९ : २८
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।
विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर भने केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण