राप्रपाले निर्वाचनमा सहभागी नहुने निर्णय लिनुपर्दछ : महामन्त्री गुरुङ
सारांश
- राप्रपा महामन्त्री राजेन्द्र गुरुङले संविधान पुनर्लेखन र समझदारी नभए निर्वाचनमा भाग नलिने बताए।
- उनले वर्तमान संविधान असफल भएको र प्रणाली परिवर्तन आवश्यक रहेको जिकिर गरे।
- गुरुङले राजा, दल र नयाँ पुस्ताबीचको समझदारीको आवश्यकता औंल्याए।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले संविधान पुनर्लेखन र 'नवीन समझदारी' को बाटो नखुले पार्टीले आगामी निर्वाचनमा सहभागी नहुने निर्णय लिनुपर्ने बताएका छन्।
वर्तमान संविधानको औचित्य समाप्त भइसकेको दाबी गर्दै उनले असफल प्रणालीलाई वैधता दिन मात्र गरिने चुनावमा भाग लिनुको कुनै अर्थ नहुने जिकिर गरेका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री गुरुङले भाद्र २३ र २४ को घटनाक्रमले मुलुकमा संरचनागत पुनर्संरचनाको आवश्यकता औंल्याएको बताएका छन् । उनले भनेका छन्, 'वर्तमान संविधान राष्ट्रिय एकता, राजनीतिक स्थायित्व र सुशासन दिन पूर्णतः असफल भइसकेको छ। समस्या निर्वाचनको मिति वा पात्रको होइन, प्रणालीको हो।'
गुरुङले मुलुकको निकासका लागि राजा, राजनीतिक दल र 'जेनजी'पुस्ताबीचको ‘नवीन समझदारी’ आजको आवश्यकता भएको बताएका छन्। केही थान मन्त्री र सत्ताका लागि नभई प्रणाली परिवर्तनका लागि राप्रपाले संघर्ष गर्नुपर्नेमा उनको जोड छ।
'यदि संविधान पुनर्लेखनको बाटो खुल्दैन र नवीन समझदारीको प्रस्ताव अस्वीकार गरिन्छ भने राप्रपाले निर्वाचनमा सहभागी नहुने निर्णय लिनुपर्दछ,' गुरुङले उल्लेख गरेका छन्। उनले निर्वाचन बहिष्कार गर्ने निर्णय पलायन नभई नैतिक र राजनीतिक दबाबको सशक्त रणनीति हुने समेत स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण