विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका वार्ता टोली देउवा निवासमा
सारांश
- नेपाली कांग्रेसको संस्थापन पक्षका वार्ता टोलीका सदस्यहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।
- विशेष महाधिवेशन पक्षधरसँगको वार्ताको प्रगतिबारे जानकारी गराउन उनीहरू देउवा निवास पुगेका हुन्।
- विशेष महाधिवेशन पक्षधरले राखेका मागहरूमा सहमति जुटाउन कठिनाइ भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका वार्ता टोलीका सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । विशेष महाधिवेशन पक्षधरसँग यसअघि बसेको पहिलो चरणको वार्ताको प्रगतिबारे जानकारी दिन उनीहरू देउवा निवास महाराजगञ्जमा पुगेका हुन् ।
देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । समितिका एक सदस्यका अनुसार वार्ता टोलीका सदस्यहरूले विशेष महाधिवेशन पक्षधरहरूले राखेका मागबारे सभापति देउवालाई जानकारी गराउने छन् ।
विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे छन् । दुई पक्षबिच मंगलबार बिहान बालुवाटारमा एक चरण वार्ता बसेको थियो । दोस्रो चरणको वार्ता साढे २ बजे पुनः बस्ने भनिएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको संस्थापन पक्षको भनाई छ ।
‘चुनावको टिकटमा पूर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका पार्टी पुनर्संरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव उहाँहरूले ल्याउनुभएको छ’, देउवा पक्षबाट वार्तामा खटिएका एक नेताले भने, ‘त्यसबाहेक गुटगत ४० प्रतिशत भागबण्डा पनि दिनुपर्ने र देउवा सभापतिबाट हट्नुपर्ने र चुनाव लड्न नहुने प्रस्ताव आएका छन् जसले वार्ता लम्बिइरहेको छ ।’
विशेष महाधिवेशन पक्षधरको प्रस्ताव सबै पूरा गर्न नसकिने देउवा पक्षले अडान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण