कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन
मङ्गलबार, २९ पुस २०८२, १३ : ५३
सारांश
- निर्वाचन समितिले पुरानो विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन गर्ने तयारी गरेको छ।
- सोमबारको बन्द सत्रमा विधान संशोधन प्रस्ताव पेस भए पनि पारित भएन।
- पुरानै विधानअनुसार १३३ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ, जसमा सभापतिले ३३ सदस्य मनोनित गर्न पाउनेछन्।
काठमाडौँ । निर्वाचन समितिले पुरानै विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ताका लागि आवश्यक फाइलहरू तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ ।
सोमबार सम्पन्न बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । तर उक्त प्रस्ताव बन्द सत्रबाट पारित नभएकाले पुरानै विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
पुरानै विधानअनुसार १३३ सदस्यीय कार्यसमिति निर्वाचित हुने छ । सभापतिले ३३ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै सभापतिका निकटतम प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण