समाचार
रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु
मङ्गलबार, २९ पुस २०८२, १४ : ३४
सुर्खेत । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।
उक्त वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् ।
यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।
उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे, पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । यद्यपि आगलागीको कारण भने नखुलेको वडाध्यक्षले बताए ।
आफ्ना नागरिकको मृत्यु भएपछि वडा कार्यालयले मंगलबार शोक बिदा घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण