चल्ते/चलाते ढङ्गले विकसित परिस्थितिको सामना गर्न सकिँदैन : प्रचण्ड
सारांश
- प्रचण्डले पार्टी एकता र रूपान्तरण जरुरी रहेको बताए, जसले विकसित परिस्थितिको सामना गर्न मद्दत गर्नेछ।
- उनले युवा पुस्ताले चाहेको नेपाल र समृद्ध समाज निर्माणका लागि पार्टीले काम गर्ने बताए।
- प्रचण्डले राष्ट्रिय र वाम एकतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चल्ते/चलाते ढङ्गले विकसित परिस्थितिको सामना गर्न नसकिने भएकाले पार्टी एकता र रूपान्तरण गरिएको बताएका छन् ।
मंगलबार नेकपाका केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनेजी आन्दोलनपछि पार्टी एकता र रूपान्तरण जरुरी रहेकाले नै त्यसतर्फ अघि बढेको बताएका हुन् ।
‘हाम्रा नवयुवाहरूले जस्तो नेपाल, जस्तो सामाजिक न्याय र समृद्धि चाहेका छन् । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका छन् त्यो समाज बनाइछाड्ने हामीले अपिल गरेका छौ’, प्रचण्डले भने, ‘पहिला हामी सांगठनिक संरचना निर्माण गरेर नेता कार्यकर्ताहरूलाई कार्यक्षेत्रमा पठाउने कोसिस गर्नेछौ ।’
संयोजक प्रचण्डले पार्टी एकतामात्र नभएर राष्ट्रिय एकतालाई नै सुदृढ गर्नु रहेको भन्दै सँगसँगै वाम एकतालाई पनि सुदृढ गर्नु रहेकाले सबैले आआफ्नो ठाउँबाट सामना गर्न सक्नुपर्ने बताए ।
कृषि, रोजगारी, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै उत्पादन बढाएर आत्मनिर्भर बनाउँदै समाजवादको यात्रामा अघि बढ्न जरुरी रहेकोमा प्रचण्डको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण