कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिबाट राष्ट्रपतिको नाम हटाउन माग
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समावेश भएपछि राष्ट्रपति कार्यालयले आपत्ति जनायो।
- निर्वाचन समितिले सार्वजनिक गरेको सूचीमा राष्ट्रपति पौडेलको नाम समावेश भएपछि नाम हटाउन आग्रह गरियो।
- विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ र आज राति मतदान हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरूको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समेत समावेश भएपछि राष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने क्रममा निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधि रहेका सबैको नामावली सार्वजनिक गरेको थियो । समितिबाट सार्वजनिक महाधिवेशन प्रतिनिधिको सूचीमा राष्ट्रपति पौडेलको नामसमेत समावेश गरिएको थियो ।
राष्ट्रपति पौडेलको समेत नाम समावेश भएपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले समितिलाई फोन गरेर नाम हटाउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले यसअघि नै राजीनामा दिइसकेकाले नाम प्रकाशित गरेर अनावश्यक विवादमा नतान्न पोखरेलले आग्रह गरेका हुन् । रातोपाटीसँग कुराकानी गर्दै पोखरेलले भने, ‘हामीले नाम हटाउन भनेका छौँ । उहाँहरूले यसलाई सच्याउँछु भन्नुभएको छ ।’
यसैबिच विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण