आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–६ मा राप्रपाबाट भेटवालसहितका नेताहरु आकांक्षी

मङ्गलबार, २९ पुस २०८२, १५ : ००
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • राप्रपाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना नेता सिफारिस गरेको छ।
  • सिफारिसमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहित राजाराम श्रेष्ठ, उद्धव राज भेटवाल लगायत छन्।
  • अघिल्लो निर्वाचनमा राप्रपा चौथो स्थानमा रहेको उक्त क्षेत्रमा यसपटक प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

काठमाडौँ । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना नेता उम्मेदवारका लागि सिफारिस भएका छन् ।

राप्रपा काठमाडौँ क्षेत्र नम्बर ६ को क्षेत्रीय बैठकले ६ जनाको सिफारिस गरेको हो । जसअनुसार पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेताहरु राजाराम श्रेष्ठ, उद्धव राज भेटवाल, प्रेमनाथ दुलाल, दुर्गा खड्गी र कान्छा महर्जन आकांक्षीका रूपमा सिफारिस भएका हुन् ।

उम्मेदवार सिफारिस भएकामध्ये डा लोहनीलाई सम्मानका लागि नै सिफारिस गरिएको नेताहरू बताउँछन् । उनी निर्वाचन लड्ने मनसायमा देखिएका छैनन् । यस्तै राजाराम श्रेष्ठ पनि स्वास्थ्यका कारण आरामरत रहेकाले बाँकी आकांक्षीमध्ये एक जनाले टिकट पाउन सक्ने देखिन्छ ।  ४ उम्मेदवारमध्ये उद्धवराजले आफ्नो पक्षमा माहोल रहेको भन्दै दाबेदारी प्रस्तुत गरेका छन् । 

अघिल्लो निर्वाचनमा रास्वपा विजयी भएको उक्त क्षेत्रमा राप्रपाले चौथो स्थान हासिल गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप