सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

राजनीतिक दलमा महिला नेतृत्व ‘क्लेम’ गर्न ‘अल-फिमेल अलायन्स’को तयारी

मङ्गलबार, २९ पुस २०८२, १९ : ००
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ ।  नेपाली राजनीति र सार्वजनिक जीवनका प्रभावशाली महिलाहरूले राजनीतिक दलहरूको उच्च तहमा महिला नेतृत्व स्थापित गर्न ‘अल–फिमेल अलायन्स’ निर्माण गरेका छन् । अभियन्ता भावना राउतले नयाँ गठबन्धन गरेको बताइन् ।

यो गठबन्धनले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिँदै हरेक राजनीतिक दलभित्र महिलाहरूको निर्णायक नेतृत्व हुनुपर्ने एजेन्डालाई मुख्य मुद्दा बनाएको छ ।

यो गठबन्धन कुनै एउटा पार्टी विशेषको नभई विभिन्न क्षेत्रमा स्थापित महिलाहरूको साझा मोर्चा हो । यसको प्राथमिक उद्देश्य हरेक पार्टीमा महिला नेतृत्वलाई दाबी गर्नु रहेको राउतले बताइन् । ‘हामीले एउटा अलायन्स बनाइरहेका छौँ, जुन पूर्णतः महिलाहरूको अलायन्स हो । यसले अब हरेक पार्टीमा महिला नेतृत्वलाई क्लेम गर्ने काम गर्छ,’ उनले रातोपाटीसँग भनिन् ।

मोर्चामा समाजका विभिन्न क्षेत्रमा नाम चलेका महिलाहरु छन् । जसमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, अभिनेत्री निशा अधिकारी, पूर्व मिस नेपाल अर्थ प्रिया सिग्देल, शैक्षिक अभियन्ता रेशु अर्याल, युवा अभियन्ता प्रकृति ढकाल र जेनजी अभियन्ता भावना राउत रहेका छन् । 

अहिलेसम्म नेपाली राजनीतिमा महिलाहरूलाई प्रायः ‘कोटा’ वा ‘सहयोगी’ भूमिकामा मात्र सीमित राखिएको गुनासो बढिरहेका बेला यो अलायन्सले नेतृत्वमा दाबी गर्ने रणनीति लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप