कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन हुने भएको छ।
- पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको बताइएको छ।
- संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच दुई विषयमा सहमति जुट्न सकेको छैन।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो ।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण