पिकअप भ्यानबाट २०३ केजी गाँजा बरामद, फरार प्रतिवादीसहित ४ जना पक्राउ
सारांश
- बाराको जितपुर सिमरामा प्रहरीले २०३ केजी बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
- प्रहरीले गाडीको फल्स बटम बनाएर लुकाएर ल्याएको गाँजा बरामद गरेको हो, र चालकलाई नियन्त्रणमा लिएको छ।
- फरार रहेका तीन जना प्रतिवादीहरूलाई पनि प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।
रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मनहरिबाट कलैयातर्फ जाँदै गरेको नेपाली योद्धा पिकअप भ्यानबाट २०३ केजी ८५० ग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार मंगलबार पिलुवा–कलैया भित्री सडक खण्डमा शङ्काका आधारमा बीए सी २३४३ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्दा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको २० पोका गाँजा फेला परेको हो।
प्रहरी चौकी जैतापुरबाट असई निलप्रसाद मैनालीको कमान्डमा खटिएको टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट प्रहरी हवलदार अनवर हुसेनको संयुक्त चेकिङ टोलीले गाँजा बरामद गरेको थियो।
गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी २४ वर्षीय निशान बहादुर सुनचुरीलाई गाँजासहित नियन्त्रणमा लिइएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि दिउँसो करिब १२ः२५ बजे इलाका प्रहरी कार्यालय सिमरा बारामा पठाइएको जिल्ला प्रहरीले जनाएको छ। पिकअप गाडी प्रहरी चौकी जैतापुरमै राखिएको छ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी इकाईहरूले अदालतबाट दण्ड–सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पनि पक्राउ गरेका छन्। जिल्ला अदालतबाट फैसला भइसकेका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका व्यक्तिहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ स्थायी ठेगाना भई हाल ललितपुर इमाडोलमा बस्दै आएका ४० वर्षीय श्री तामाङ रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यस्तै, लागू औषध मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पक्राउ परेका छन्। उनी लामो समयदेखि फरार रहेका थिए।
लेनदेन (विगो) सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनी पनि पक्राउ परेकी छन्। उनलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण