अपडेट
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने
बुधबार, ३० पुस २०८२, ११ : २४
सारांश
- नेपाली कांग्रेस विशेष महाधिवेशनमा मनोनयन दर्ताको समय सकिएको छ।
- निर्वाचन समितिले १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
- महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएकाे छ ।
‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले रातोपाटीसँग भने ।
क–कसको उम्मेदवार उम्मेदवारी पर्यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने उनले बताए । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिए ।
भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताए । मनोनयन पत्र दर्ताको समय ११ :१५ सम्म रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण