बालाजुबाट लागुऔषध र चोरीका मोबाइलसहित युवक पक्राउ
सारांश
- बालाजु बाईपासमा लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
- प्रहरीले उनको साथबाट डाइजेपाम, बुप्रिनोर्फिन र प्रोमेथाजिन सहित २१ एम्पुल लागुऔषध बरामद गरेको छ।
- पक्राउ परेका पुतुवारको साथबाट ६ थान मोबाइल र ४४ हजार नगद समेत बरामद गरिएको छ, थप अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँको बालाजु बाईपास क्षेत्रमा लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १६ बाईसधारा बस्ने २९ वर्षीय पूजन पुतुवारलाई नियन्त्रणमा लिएको हो ।
गत पुस २८ गते दिउँसो ४ बजेतिर शंकास्पद अवस्थामा फेला परेका पुतुवारलाई खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध र विभिन्न कम्पनीका मोबाइलहरू फेला परेका छन् । प्रहरीका अनुसार उनको साथबाट डाइजेपाम ७ एम्पुल, बुप्रिनोर्फिन ७ एम्पुल र प्रोमेथाजिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागुऔषध बरामद भएको छ ।
लागुऔषधसँगै पुतुवारको साथबाट चोरीका विभिन्न ६ थान मोबाइल र ४४ हजार रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ । जसमा सामसङ, बेन्को, रेडमी र किप्याड मोबाइलहरू रहेका छन् । ती मोबाइलहरू उनले सर्वसाधारणबाट चोरी वा लुटपाट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेका पुतुवारमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बरामद सामानसहित उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण