‘लासहरूको पार्टी हैन’ भन्नेले नै कांग्रेसलाई खरानी बनाए : महेश बस्नेत
सारांश
- एमाले सचिव महेश बस्नेतले कांग्रेसभित्रको विभाजनलाई दुःखद र चिन्ताजनक भनेका छन्।
- बस्नेतले कांग्रेसका नेताहरूको आलोचना गर्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
- उनले देश राजनीतिक अस्थिरतामा रहेको बेला कांग्रेसको फुटले लोकतन्त्रप्रेमीलाई पीडा दिएको बताए।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनलाई दुःखद र चिन्ताजनक घटना बताएका छन् । लोकतन्त्र कमजोर बनेको अवस्थामा कांग्रेस फुट्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कटाक्ष गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै बस्नेतले ‘लासहरूको पार्टी हैन कांग्रेस’ भन्दै उफ्रिने नेताहरूले नै ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला लोकतन्त्रको मर्म जोगाउन सबै शक्ति एकजुट हुनुपर्नेमा कांग्रेसभित्रको फुटले लोकतन्त्रप्रेमीलाई पीडा दिएको उनको बुझाइ छ ।
बस्नेतले ओलीले निरंकुशताको आरोप खेपेर भए पनि एमालेलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय रहेको दाबी गरे । कांग्रेसमा ओली जस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी बोध नहुँदा पार्टी विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने उनको तर्क छ ।
लोकतन्त्र धरापमा परेको, असंवैधानिक अभ्यास हावी भएको र विदेशी चलखेलले देशको अस्तित्व संकटमा परेको समयमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले स्थितिलाई सच्याउँछ वा अझ जटिल बनाउँछ भन्ने कुराको समीक्षा इतिहासले गर्ने बस्नेतले बताए । आज कांग्रेसभित्र घटेको नसोचेको घटनाले लोकतन्त्र कमजोर बन्ने चिन्ता उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण