सिंहदरबारको ऐतिहासिक कक्षमा बस्ने भयो राष्ट्रिय सभा, अध्यक्ष दाहालले गरे अवलोकन
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित नयाँ बैठक कक्षको अवलोकन गरे।
- संसद भवनमा आगलागी भएपछि ऐतिहासिक संसद भवनमा अधिवेशन सुचारु गर्न पाउँदा अध्यक्ष दाहाल खुसी छन्।
- आगामी अधिवेशनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बस्नेछ, जसमा विधेयक र जनसरोकारका विषयमा छलफल हुनेछ।
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आगामी अधिवेशनका लागि तयार पारिएको सिंहदरबारस्थित नयाँ बैठक कक्षको अवलोकन गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गतेका लागि १९ औँ अधिवेशन आह्वान गरेसँगै अध्यक्ष दाहालले बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा निर्माण गरिएको सभाकक्षको निरीक्षण गरेका हुन्।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सिंहदरबार परिसरभित्रकै ऐतिहासिक संसद भवनको कक्षबाट सभा सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए। नयाँ बानेश्वरस्थित संसद भवनमा भएको आगलागीका कारण उत्पन्न पीडादायी परिस्थितिका बाबजुद ऐतिहासिक स्थलमा अधिवेशन सुचारु गर्न पाउँदा खुसी लागेको उनले उल्लेख गरे। आगलागीले भौतिक क्षति पुर्याए पनि संसदीय प्रक्रियालाई नरोकी अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ।
अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभाको आगामी बैठकको एक महिनाको कार्यतालिका तय गर्न शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। यस अधिवेशनमा सभामा विचाराधीन रहेका विधेयक, संसदीय समितिका प्रतिवेदन, सार्वजनिक महत्वका सूचना तथा जनसरोकारका विविध विषयमा सरकारसँग घनिभूत छलफल गरिने उनले जानकारी दिए। मन्त्रीहरुलाई बैठकमा उपस्थित गराएर जनचासोका विषयमा जवाफदेही बनाउने योजना समेत उनले सुनाए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गते दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण