शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउँछ: अध्यक्ष दाहाल

बिहीबार, ०१ माघ २०८२, ०५ : ४८
बिहीबार, ०१ माघ २०८२

सारांश

  • राष्ट्रियसभा अध्यक्ष दाहालले माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने बताए ।
  • उनले माघी पर्व थारू र मगर समुदायलगायत विभिन्न समुदायका लागि महत्त्वपूर्ण भएको उल्लेख गरे ।
  • दाहालले विविधतामा एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले थारु समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले यस पर्वले नेपालको आदिम समाज, मानव सभ्यताको ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई उजागर गरेको पनि उल्लेख गरेका छन् । उनले विविधताबिच एकता कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

जारी सन्देशमा भनिएको छ, “नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेको छ, हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप