श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड
सारांश
- अभिनेत्री श्रद्धा कपुर र राहुल मोदीको विवाहको हल्ला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
- श्रद्धाका दाजु सिद्धान्त कपुरले विवाहको हल्लालाई हाँसोमा उडाएका छन्, जसले शंका जन्माएको छ।
- यसअघि, श्रद्धाले एक फ्यानको प्रश्नमा ठट्टा गर्दै विवाह गर्ने संकेत गरेकी थिइन्।
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन्। श्रद्धाले आफ्ना कथित प्रेमी राहुल मोदीसँग चाँडै नै लगनगाँतो कस्न लागेको दाबीसहितका खबरहरू भाइरल भइरहेका छन्।
विशेष गरी राजस्थानको उदयपुरमा उनीहरूको भव्य विवाह हुन लागेको दाबीसहितका पोस्टहरू सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। यही चर्चाका बिच श्रद्धाका दाजु एवं अभिनेता सिद्धान्त कपुरले निकै रोचक प्रतिक्रिया दिएका छन्।
इन्स्टाग्राममा भाइरल भइरहेको विवाहको एक पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो।’ उनले अचम्मित भएको र हाँसेको इमोजीसहित दिएको यो प्रतिक्रियाले श्रद्धाको विवाहको हल्लामा तत्कालका लागि पूर्णविराम लगाउन खोजेको देखिए पनि फ्यानहरू भने अझै आश्वस्त हुन सकेका छैनन्।
गत हप्ता श्रद्धा आफैँले पनि एक फ्यानको प्रश्नमा ठट्टा गर्दै विवाहको प्रसङ्ग उचालेकी थिइन्। ‘श्रद्धा जी, विवाह कहिले गर्ने?’ भन्ने फ्यानको प्रश्नमा उनले ‘म गर्छु’ भन्दै ठट्टा गरेकी थिइन्।
श्रद्धाको उक्त जवाफलाई धेरैले विवाहको सङ्केतका रूपमा बुझेका थिए। श्रद्धा र राहुल मोदीको प्रेम सम्बन्धको चर्चा सन् २०२४ को सुरुवातमा मुम्बईमा एक डिनर डेटमा सँगै देखिएपछि सुरु भएको थियो।
शक्ति कपुरका सन्तान श्रद्धा र सिद्धान्त दुवै बलिउडमा सक्रिय छन्। श्रद्धाले आफ्नो प्रेम सम्बन्धलाई अहिलेसम्म सार्वजनिक रूपमा स्वीकार नगरे पनि राहुलसँग उनलाई पटक-पटक विभिन्न स्थानमा सँगै देखिँदै आएको छ।
हालसम्म श्रद्धा वा उनको परिवारबाट विवाहको बारेमा कुनै आधिकारिक पुष्टि नभए पनि सामाजिक सञ्जालमा भने उनीहरूको विवाहलाई लिएर अनेकन् अड्कलबाजी काट्ने क्रम रोकिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण