साताको १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवामा स्वास्थ्य जोखिमको खतरा
सारांश
- अध्ययन अनुसार, हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवाहरूमा खानपान, निद्रा र तौलमा समस्या देखिन्छ।
- कर्टिन विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा ३१७ विद्यार्थीहरू सहभागी थिए, जसलाई गेमिङ समयको आधारमा समूहमा विभाजन गरिएको थियो।
- धेरै समय गेम खेल्ने युवाहरूमा खराब आहार र मोटोपनाको समस्या देखिएको छ, साथै निद्रामा पनि गम्भीर अवरोध हुने गरेको पाइएको छ।
काठमाडौँ । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवाहरूमा मोटोपन र अनिद्रा जस्ता समस्या देखिने पुष्टि गरेको हो। 'न्यूट्रिशन' जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।
अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई खेल खेल्ने समयका आधारमा तीन समूहमा विभाजन गरेका थिए। हप्तामा ५ घण्टासम्म खेल्नेलाई 'निम्न', ५ देखि १० घण्टा खेल्नेलाई 'मध्यम' र १० घण्टाभन्दा बढी खेल्नेलाई 'उच्च' समूहमा वर्गीकरण गरिएको थियो। अध्ययनले निम्न र मध्यम समय खेल्नेहरूको स्वास्थ्य अवस्था सामान्य पाए पनि १० घण्टाको सीमा काट्नेहरूमा भने स्पष्ट रूपमा नकारात्मक असर देखा परेको निष्कर्ष निकालेको छ।
कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोका अनुसार धेरै समय गेममा झुम्मिने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या पाइएको छ। यसैगरी, सबै समूहका खेलाडीमा निद्राको गुणस्तरमा केही समस्या देखिए पनि हप्तामा १० घण्टाभन्दा बढी खेल्नेहरूमा निद्रामा गम्भीर अवरोध हुने गरेको पाइएको छ। अध्ययनले स्वास्थ्य जोखिम कम गर्न राती अबेरसम्म गेम नखेल्न, स्वस्थ खानेकुरा खान र नियमित दिनचर्या अपनाउन सुझाव दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण