गगन थापा नेतृत्वको कांग्रेसमा कर्णालीले पायो एक सहमहामन्त्री र ८ केन्द्रीय सदस्य
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट कर्णालीले एक पदाधिकारी र ८ जना केन्द्रीय सदस्य पाएको छ।
- कर्णालीबाट गगनकुमार थापाको नेतृत्वको कार्यसमिति बन्दा कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन्।
- केन्द्रीय सदस्यमा जानकी सिंह, दिपकजंग शाह, नारायण प्रसाद भट्टराई, सुर्य विक, तिर्थजंग शाही, दिक्पाल शाही, छाया सुनार र रामदेवी खड्का निर्वाचित भए।
सुर्खेत । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा कर्णालीले एक पदाधिकारी र ८ जना केन्द्रीय सदस्य पाएको छ ।
हाल शेरबहादुर देउवा समूहमा रहेका कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै गृह प्रदेश कर्णालीबाट ३१२ मध्ये १३४ जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनतर्फ खुलेका थिए ।
विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वको कार्य समिति बन्दा कर्णालीमा
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णबहादुर बुढा चयन भएका छन् । डोल्पाका उनी यसअघि केन्द्रीय सदस्य थिए । उनी एक पटक सांसद समेत भइसकेका नेता हुन् ।
यस्तै केन्द्रीय सदस्यमा सुर्खेतकी जानकी सिंह, जाजरकोटका दिपकजंग शाह, कालिकोटबाट नारायण प्रसाद भट्टराई, दैलेखका सुर्य विक केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
यस्तै, जुम्लाका तिर्थजंग शाही, दैलेखका दिक्पाल शाही, कालिकोटकी छाया सुनार र जुम्लाकी रामदेवी खड्का केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सुर्खेतकी सिंह १४ औँ महाधिवेशनमा संस्थापनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । उनी अहिले पनि कर्णाली प्रदेश सभा सांसद छिन् । यस्तै, कालिकोटका भट्टराई अघिल्लो पटक केन्द्रीय सदस्यमा पराजित भएका थिए । दैलेखका शाही ०७९ को निर्वाचनमा दैलेख—२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
१४औँ महाधिवेशनमा एक उपसभापति र ५ जना केन्द्रीय सदस्य कर्णालीबाट थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण